तीव्र रुपमा बढ्दै कोरोना, एकैदिन ७१० जना संक्रमित थपिए, दुईजनाको मृत्यु

काठमाडौं, १२ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५४१ नमूनाको पीसीआरमा ५२४ र २४८४ नमूनाको एन्टिजेनमा १८६ जना गरी कूल ७१० जनामा संक्रमण पुष्टी भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८५ हजार ४१७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६९ हजार २१९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४२३६ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here