नेपाल बैंक ल्यायो डबल धमाका मुद्दती खाता, ६ वर्षमा पैसा दोब्बर

काठमाडौं । नेपाल बैंकले नेपाल बैंक डबल धमाका मुद्दतीखाता सञ्चालनमा ल्याएको छ ।

व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुईगुणा हुने बैंकले जनाएको छ ।

त्यसैगरी रेमिछ्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा छ बर्ष ११ महिना २ दिनमा दुईगुणा हुनेछ । यो मुद्दती खाता खोल्ने ग्राहकहरुले ५ लाखसम्मको क्रेडिट कार्ड सुविधा लगायत अन्य आकर्षक सुविधाहरु पनि प्राप्त गर्नेछन् । नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकले २१९ शाखाहरु, १८३ एटीएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here