मन्दाकिनी हाइड्रोपावरको आइपीओमा १६.५३ गुणा बढी आवेदन, कतिले भरे ?

काठमाडौं, १२ साउन । मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदनको ओइरो लागेको छ ।

सीडीएसका अनुसार अन्तिमदिन साँझ ५ बजेसम्ममा १६ लाख १० हजार ९२६ जनाले १ करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १६.५३ गुणा बढी आवेदन हो ।

कम्पनीले साउन ९ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता शेयर विक्रीमा ल्याएको थियो ।

निष्काशन भएको कुल शेयरमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीहरुका लागि र ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधरणको लागि छुट्याइएको थियो ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here