प्लाष्टिकका माला तथा फूल गुच्छाको उत्पादन, आयात र बिक्री प्रतिवन्ध

काठमाडौं, १२ साउन । सरकारले प्लाष्टिकबाट बनेका माला, फूलगुच्छा तथा सजावटका वस्तुको उत्पादन, आयात र बिक्री वितरण तथा भण्डारणमा रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो प्रतिवन्धको घोषणा गरेको हो ।

सोही अनुसार अब यो कार्य गरेमा गैरकानूनी मानिन्छ । सरकारले यसअघि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा समेत प्रतिवन्ध लगाइसकेको छ । सो प्रतिवन्ध भने १ भदौबाट कार्यान्वयनमा आउने छ । वातावरणमा प्रतिकुल प्रभाव परेको र अनावश्यक वस्तुको आयातमा ठूलो रकम विदेशिएसँगै सरकारले कडाई थालेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here