मध्य भोटेकोशी जलविद्युत आयोजनाको ७ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रु’

तस्वीर साभार : गोरखापत्र

सिन्धुपाल्चोक, १२ साउन । सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा निर्माणको क्रममा रहेको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको सुरुङको बिहीबार ब्रेक थ्र्रु भएको छ । यो सुरुङ ७ हजार १२६ मिटर लामो छ ।

आयोजनाका अनुसार सुरुङको ब्यास ५ दशमलव ७ मिटर छ । सुरुङको निर्माण कार्य साउन १२ गते सम्पन्न भएको थियो । अब सुरुङमा ढलानको काम थालिएको छ । आयोजनाको बाँध क्षेत्र भोटेकोशी गापा १ मा र बाह्रविसे नगरपालिका वडा नं ५ मा पावरहाउस अवस्थित रहने छ । १०२ मे.वा. क्षमताको आयोजनाको औसत वार्षिक उत्पादन ५४ करोड २३ लाख युनिट हो ।

नेपाल विद्युत प्राधिकरण र मध्य भोटेकोशी जलविद्युत कम्पनी बीच २०६८ कात्तिक २८ मा विद्युत खरिद सम्झौता भएको हो । आयोजना अनुसार, ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋण लगानीमा निर्माणाधीन सो कम्पनीले कर्मचारी संचय कोषसँग २०६८ मंसिर २२ गते ऋण सम्झौता गरेको छ ।

ग्वाङ्सी हाईड्रो ईलेक्ट्रिक कन्सट्रक्सन ब्युरो, चाइना, ईलेक्टो मेकानिकलतर्फ एन्ड्रिज हाईड्रो प्राइभेट लिमिटेड, भारत र ऊर्जा एसी जेभी गरी तीन वटा ठेकेदार कम्पनीले यो आयोजनामा काम गरिरहेका छन् । आयोजनाको लगानी १४ अर्व ८३ करोड ९२ लाख छ ।

सुरुङ्गको बाँध क्षेत्रतर्फ सिभिलअन्तर्गतको सम्पूर्ण कार्य करिब ९७ प्रतिशत सम्पन्न भइसकेको छ भने हाइड्रो मेकानिकल तर्फको कार्यहरु द्रुत गतिमा भइरहेको आयोजनाको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here