एसईईको रिजल्ट चित्त बुझेन् ? यसो गर्नुस् (सूचनासहित)

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को परीक्षामा प्राप्तांक (ग्रेड) चित्त नबुझे पुनर्योग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले शुक्रवार एक सूचना जारी गर्दै नतिजामा चित्त नबुझे विद्यार्थीले पुनर्योगका लागि साउन २७ भित्र निवेदन दिन पाउने व्यवस्था गरेको हो ।

२०७८ सालको साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा त्यसका लागि निवेदन दिनसक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

शिक्षक विकास तथा समन्वय एकाइ वा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा सोझै निवेदन दिन सकिनेछ । प्रतिविषय ५०० रुपैयाँ तिरेर निवेदन दिन सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here