यती एयरको जहाजमा समस्या आएपछि उडेको ६ मिनेटमै आकस्मिक अवतरण

काठमाडौं । पोखराबाट काठमाडौंतर्फ उडेको यति एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पोखरामै आपतकालीन अवतरण गरिएको छ ।

पोखरा विमानस्थलबाट उड्नेवित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको जानकारी गराएपछि जहाजलाई पोखरामै अवतरण गराइएको हो ।

उडान भरेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ ।

आज बिहान ८ बजेर ५४ मिनेट जाँदा पोखराबाट उडेको जहाज ठिक ९ बजे पुनः पोखरामै अवतरण गरिएको हो । जहाजमा ४५ जना यात्रु रहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here