रियलमीको नयाँ स्मार्टफोन रियलमी सी ३१ नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीको नयाँ उत्पादन नेपाली बजारमा सार्वजनिक गरिएको छ । एन्ट्री लेभल स्मार्टफोन रियलमी सी३१ लन्च गरिएको हो । गत बुधवार लन्च गरिएका स्मार्टफोनमा ५००० एमएएचको ब्याट्रि रहेको छ, जुन स्ट्यान्ड–बाइमा ४५ दिनसम्म टिक्ने दाबी गरिएको छ ।

त्यस्तै यसमा १.८ गिगाहर्जको अक्टाकोर प्रोसेसर रहेको कम्पनीले जानकारी गराएको छ भने उत्कृष्ट फोटोग्राफिको लागि १३ एमपिको क्यामरा रहेको छ । ४ जिबि -याम र ६४ जिबि रोम सहित उपलब्ध यो फोनको मूल्य १७,७९९ रुपैयाँ तोकिएको रियलमीका कन्ट्री हेड मुनिश गिरीले जानकारी दिए ।

लन्चमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीले भने, “यो क्लासकै बेस्ट पर्फर्मिङ स्मार्ट फोनको रुपमा रियलमी सी३१ लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यो एकदमै स्लिक र सबैभन्दा कम्फर्टेबल फोन रहेको छ ।

यति मात्र नभएर यो सेट अत्यन्तै स्टाइलिश छ हुनुको साथै सुपथ मुल्यमा पनि उपलब्ध छ । हामी टप पर्फर्मेन्समा विश्वास गर्छौँ, त्यसैले हाम्रा हरेकस्मार्टफोनहरु कडा क्वालिटि चेक पछि मात्र बजारमा जान्छन् । हाम्रा सम्पूर्ण उपभोक्ताहरुको लागि अभुतपुर्व एन्ट्री–लेभल स्मार्टफोन अनुभव प्रदान गर्नको लागि हामी हाम्रो “डेयर टु लिप”अवधारणामा प्रतिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here