४७२७ जनालाई विद्यार्थीलाई सीटीईभीटीको निःशुल्क छात्रवृत्ति, यसरी दिनुहोस् आवेदन

काठमाडौं । प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले ४७२७ जनालाई निःशुल्क छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

सीटीईभीटीले एक सूचना जारी गर्दै प्रमाणपत्र तथा डिप्लोमा तर्फ २९१३ जना र प्रि- डिप्लोमातर्फ १८१४ गरी कुल ४ हजार ७२७ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्ने जनाकारी दिएको हो ।

शैक्षिक सत्र २०७९/०८० मा डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवम् भर्ना सम्बन्धी निर्देशिका २०७० अनुसार परिषद्‌बाट सम्बन्धन प्राप्त आङ्गिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा अध्ययन गर्न यस्तो छात्रवृत्ति उपलब्ध गराउन लागिएको छ ।

साउन १५ गतेदेखि खुला हुने अनलाइन आवेदन अनलाइन आवेदन आगामी साउन २९ गतेसम्म खुला हुनेछ । न्युनतम योग्यता पुगेका नेपाली नागरिकले छात्रवृत्तिका आवेदन दिन सक्ने सीटीईभीटीले जनाएको छ ।

सीटीईभीटीका अनसार कुल संख्यालाई १०० प्रतिशत कायम गरी ५०-५० प्रतिशतमा साधारण र लक्षित वर्ग गरी उल्लेखित संख्यामा निःशुल्क छात्रवृत्ति प्रदान गरिने छ ।


प्रमाणपत्र तहमा सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डेन्टल साइन्स, रेडियोग्राफी, सामान्य आयुर्वेदिक चिकित्सा, अप्थाल्मिक विज्ञान, अकुपञ्चर, फार्मेसी, फिजियोथेरापी र डिप्लोमा तहमा योग एन्ड नेचुरोपेथीका लागि वर्गीकृत निःशुल्क छात्रवृत्ति कोटा छुट्याइएको छ ।

प्लोमा तथा प्रमाणपत्र तहको कार्यक्रमका लागि एक हजार रुपैयाँ र प्रि-डिप्लोमा तहका कार्यक्रमको पाँच सय रुपैयाँ प्रवेश परीक्षा शुल्क तोकिएको छ ।

आवेदन दिदा नागरिकता वा जन्मदर्ता, सरकारी वा सामुदायिक विद्यालय, परिषद्को आंगिक शिक्षा हो भनेर सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय परिषद् र सम्बन्धित विद्यालय तथा परिषद् शिक्षालयले प्रमाणित गरेको पत्रको प्रतिलिपि आवश्यक पर्नेछ ।

त्यस्तै दलित, मधेशी, मुस्लिम, आदिवासी, खस आर्य, पिछडिएको, वेपत्ता पारिएको, शहिद परिवार, घाइतेको हकमा सम्बन्धित पालिका वा प्रशासनले प्रमाणित गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ । आवश्यक प्रमाणपत्रहरू समावेश नगर्ने परीक्षार्थीहरूको आवेदन फारम स्वत रद्द हुनेछ । छात्रवृत्तिका लागि साधारण र लक्षित वर्गका लागि एउटै फारम हुनेछ ।

डिप्लोमा तथा प्रमाणपत्र तहको सूचना

सीटीईभीटीको वेबसाइट वा सीटीईभीटी एक्जाम डट ओआजी डट एनपीमा गएर क्लासिफाइड अनलाइन फर्ममा क्लिक गरेर आफुलाई पढ्ने चाहेको तह र विषय छनोट गरि अनलाइन आवेदन दिन सकिने छ । आवेदन शुल्क कनेक्ट आईपीएसबाट बुझाउन सकिने छ । प्रवेश परीक्षा भदौ ३ गते सञ्चालन हुने जनाइएको छ ।

आवेदन दिन अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषय लिएर एसएलसी वा सो सरहको परीक्षा उतिर्ण वा परिषदबाट सञ्चालन हुने कार्यक्रमसँगन सम्बन्धित प्राविधिक एसएलसी/प्रि डिप्लोमा तहको कुल पूर्णांकमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उतिर्ण भएको हुनुपर्नेछ ।

त्यस्तै डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य कार्यक्रमका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसईई परीक्षामा अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयमा न्युनतम ‘सी’ ग्रेड प्राप्त गरी गेड प्वाइन्ट एभरेज (जीपीए) न्युनतम २ प्राप्त वा परिषदबाट सञ्चालन हुने कार्यक्रमसँग सम्बन्धित तोकिएका प्राविधिक एसएलसी/प्रिडिप्लोमा तहको कुल पूर्णांकमा ६८.३३ प्रतिशत अंक हुनुपर्नेछ ।

प्रि-डिप्लोमाका लागि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here