थप ४३८ जनामा कोरोना पुष्टी, २७७ जना संक्रमण मुक्त

काठमाडौं, १४ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७७९ नमूनाको पीसीआरमा २९२ र १९२० नमूनाको एन्टिजेनमा १४६ जना गरी कूल ४३८ जनामा संक्रमण पुष्टी भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८६ हजार १०० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६९ हजार ७६५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४३६९ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९६६पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here