दोधारा चाँदनीका ग्रामीण भेगका स्थानीयहरुलाई मानव बेचबिखनविरुद्ध जागरुक बनाईदै

पप्पु गुरुङ्ग

दोधारा १४ साउन । दोधारा चाँदनी नगरपालिकाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने स्थानीयहरुलाई मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध जागरुक गर्न थालिएको छ् ।

माईती नेपाल कञ्चनपुर अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा गठन भएको सुरक्षित संजालले दोधारा चाँदनी नगरपालिकाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने स्थानियहरुलाई जागरुक बनाउने कार्य गरिएको सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्दले जानकारी दिइन् ।

हाम्रो आवाज चेलिबेटी वेचविखनबाट मुक्त समाज भन्ने नारा सहित माईती नेपाल कञ्चनपुरको सहयोग र सुरक्षित संजालको आयोजनामा दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका स्थानीयहरुलाई मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध जनचेतना फैलाउँदै घरदैलो कार्यक्रम सम्पन्न गरेको छ् ।

ग्रामीण भेगका स्थानियहरुलाई मानव वेचविखन विरुद्ध संवेदनशील हुन आग्रह गर्दै समुदाय स्तरमा जनचेतना अभिवृद्धी गर्ने उद्धेश्यले घर दैलो कार्यक्रम गरिएको सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक चन्दले बताइन् ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्री, सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्द, सचिव गिता रावत, सदस्य लक्ष्मी चन्द, माईती नेपाल कञ्चनपुरका सिमा निगरानीकर्ता लक्ष्मी थापा, दोधारा चाँदनी नगरपालिकाको नगरप्रमुखका सचिवालयका स्वकिय सचिव चन्द्र प्रकाश खत्री लगाएत स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा महिलाहरुलाई मानव बेचविखनको अवस्था कारण, दलालहरुले अपनाउने तौरतरिका, सम्पर्क स्थान तथा कानुनी व्यवस्था, बैदेशिक रोजगार, सुरक्षित बसाईसराई , लिंग र लैगिकता र मानव बेचविखन विरुद्ध स्थानियहरुको भुमिका लगाएतको वारेमा सुरक्षित संजालका संयोजक खिमा चन्दले जानकारी गराएका थिए ।

आफु सचेत रहि परीवार र साथीहरु सबैलाई सचेतना फैलाउने शंकास्पद व्यक्तिहरु र जोखिममा रहेका व्यक्तिहरुको बारेमा निगरानी राख्ने र सम्बन्धित कार्यालयमा खबर गर्ने स्थानियहरुले प्रतिबद्धता जाहेर गरेका थिए ।

दोधारा चाँदनी नगरपालिकाको जगबुडा नदी पारि भारतसँग जोडिएको बस्ती बडवाल टोलमा सुरक्षित संजालले मानब बेचबिखन तथा ओसार पसार बिरुद्ध गरेको घरदैलो कार्यक्रम अर्थपुर्ण रहेको दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रले बताएका छन् ।

सुरक्षित संजालले स्थानियहरुलाई मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध जागरुक बनाउने उद्धेश्यले गरिएको कार्यक्रमा एक सय भन्दा बढी स्थानिय महिला तथा पुरुषहरुको सहभागिता रहेको थिए ।

बडवाल टोलमा बस्दै आएका बादी बस्तीलाई लक्षित गरि संचालन गरेको जनचेतनामुलक कार्यक्रममा मानब बेचविखन तथा ओसार पसार रोकथाममा स्थानियहरुले एकेबद्धता जाहेर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here