एसईई पुरक परीक्षा भदौ ११ र १२ गते, यी हुन् ग्रेडवृद्धिमा सहभागी हुन पाउने आधार

काठमाडौं, १५ साउन । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईईको ग्रेडवृद्धि पुरक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

२०७८ बैशाख ९ गतेदेखि सञ्चालन भएको माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई बढीमा दुई विषयमा ग्रेडवृद्धि (पुरक) परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था भएकोले परीक्षामा सहभागि हुन आवेदन दिन माग गरीएको छ ।

त्यसैगरी ‘सी’ वा ‘सी’ भन्दा कम ग्रेड प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्मको परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

२०७८ सालको एसईई परीक्षामा ‘सी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या १ लाख १ हजार ४३ छ । यस्तै ‘डी प्लस’ ल्याउने ३५ हजार ५ सय ८४ र ‘डी’ ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here