अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा, आज साँझ शपथको तयारी

काठमाडौं, १५ साउन । जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै नियुक्त गर्न सिफारिस गरेका हुन् ।

संसद बजेट प्रस्तुत हुनु अघिल्लो दिन राति अनधिकृत व्यक्ति प्रवेश गराएर बजेटमा करका दर हेरफेर गराएको आरोप लागेपछि असार २२ गते शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो ।

छानबिन समिति गठन हुनुअघि संसद्मा सम्बोधन गर्दै शर्माले छानबिनमा सहयोग गर्ने उल्लेख गर्दै पदबाट राजीनामाको घोषणा गरेका थिए ।

तर, संसदीय समितिले उनीमाथि लागेको आरोपमा प्रमाण नभेटिएको निष्कर्षसहित शुक्रबार प्रतिवेदन बुझाएको छ ।

समितिले क्लीन चिट दिएसँगै उनलाई पुनः नियुक्ती गर्न लागिएको हो । अध्यक्ष प्रचण्डले यसअघि नै अर्थमा शर्मा फेरि फर्किने बताएका थिए ।

नेकपा माओवादीले शर्मालाई पुनः अर्थमन्त्री बनाउने भएपछि शपथ लिने तयारी भएको हो। राष्ट्रपति कार्यालयले साँझ ५ बजे शपथको तयारी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here