मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने चालकलाई कारबाही

काठमाडौं, १५ साउन । काठमाडौं उपत्यकामा चल्ने स्कुल बसहरूमा ट्राफिक जाँच झन् बढाइएको छ ।

आज बिहान विभिन्न स्थानमा चेकजाँचको क्रममा ५ जना चालकहरूले मादक पदार्थ सेवन गरेर बस चलाएको भेटिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यकाको विभिन्न स्थानमा अन्य ११ वटा बसहरू पनि कारबाहीमा परेका छन् ।

साउन पहिलो सातादेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान अन्तर्गत निगरानी बढाइएको ट्राफिकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here