पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित, यस्ता छन् माग

काठमाडौं । ढुवानी भाडा समायोजन नगरिएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् । इन्धनको मूल्यमा भएको वृद्धि अनुसार ढ्वानी भाडा पनि समायोजन गर्नुपर्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

पेट्रोलियम ढुवानी व्यवसायी महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ढुवानी भाडा समायोजनको माग पूरा नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावनी दिएको छ । साथै, आफ्ना मागहरु आइतबार साँझसम्म पूरा गर्न अल्टिमेटम दिएको छ ।

‘सञ्चालक समितिमा विचाराधीन भाडा समायोजनको मुद्दा आइतबारसम्म सम्बोधन नभए साउन २१ गतेबाट देशभरको पेट्रोलियम ढुवानी रोक्ने छौं,’ विज्ञप्तिमा भनिएको छ ।

बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिंदा आफूहरुलाई नोक्सान भएको व्यवसायीको भनाइ छ ।

यस्तै, नेपाल आयल निगमले ढुवानी भाडा वृद्धिको माग पूरा नगरेको भन्दै महासंघले साउन १६ गतेबाट हवाई इन्धनको पीडीओ (अग्रिम खरिद अनुमति) नलिने र ढुवानी रोक्ने , २० गतेबाट सबै खाले इन्धनको पीडीओ नलिने र ढुवानी रोक्ने तथा २१ गतेबाट देशैभरको पेट्रोलियम ढुवानी रोक्ने महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here