थप ६२० जनामा कोरोना पुष्टी, २९७ जना संक्रमण मुक्त

काठमाडौं, १४ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६५१ नमूनाको पीसीआरमा ४९१ र ३१९५ नमूनाको एन्टिजेनमा १२४ जना गरी कूल ६२० जनामा संक्रमण पुष्टी भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८६ हजार ५९५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २९७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४५६७ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९६७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here