बिपन्न परिवारलाई वडाध्यक्ष चन्द्र बहादुर सिंहले दिए त्रिपाल

दोधारा, १५ साउन । दोधारा चाँदनी नगरपालिका– १० का घरको छाना हावापानीले चुहिएर बस्न समस्या भएका बिपन्न परिवारलाई वडाध्यक्षले त्रिपाल वितरण गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले आफ्नो वडामा हावापानीको कारण घरको छाना चुहिएर घरमा बस्न समस्या भएको १५ जना बिपन्न घरपरिवारलाई त्रिपाल वितरण गरेका हुन् ।

केही दिन देखि आएको हावापानीको कारण गरिब तथा बिपन्न परिवारको कच्ची घरलाई क्षती पु-याएको कारण उनिहरुको जहान परिवारलाई वर्षाबाट बचाउनको लागी त्रिपाल वितरण गरिएको बताईएको छ् ।

वर्षा संग आएको हावाको कारण दोधारा चाँदनी नगरपालिकामा बिपन्न घरपरिवारको कच्ची घरको छाना चुहिने भएको कारण उनिहरुले सास्ती खेप्दै आएका थिए ।

उनिहरुलाई केही दिनको सहजताको लागी त्रिपाल वितरण गरिएको वडाध्यक्ष सिंहले बताए ।

ईशा सुनार, कर्ण बहादुर राना, नन्दकली सुनार, मोती सुनार, लक्ष्मी सुनार, लक्ष्मी कुमारी परि, बसन्ती सुनार, कमला सुनार, कौशल्या सुनार, तुल्सी सुनार, सुनिता सुनार, हरिकला देबी रोकाया, शुशिला सुनार, सुमित्रा देबी थानी, मिना सुनारलाई उनकै घरमा पुगेर वडाध्यक्षले त्रिपाल वितरण गरेका थिए ।

हाल वडा कार्यालयमा रकम नभएको कारण हाललाई उनिहरुको बस्नको लागी त्रिपाल वितरण गरिएको हो । आगामी दिनहरु गरिब तथा बिपन्न परिवारहरुलाई आवासको कार्यक्रम वडामा संचालन गर्ने वडाध्यक्ष सिंहले बताएका छन् ।

‘हाल वडा कार्यालयमा बजेट नभएको कारण त्रिपाल वितरण गरेका हौ, आगामी दिनहरुमा उनिहरुलाई लागी आवास कार्यक्रम ल्याउछौं’ दोधारा चा“दनी नगरपालिका वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले भने– ‘मैले चुनावको बेला गरेको प्रतिबद्धता पुरा गर्न कटिबद्ध छु ।’

वडाध्यक्ष सिंहले निर्वाचनमा गरेको वाचा पुरा गर्नेमा वडाबासी ढुक्क भएका छन् । वडाध्यक्षले गरिब तथा बिपन्न बर्गको पिडा बुझेको भन्दै स्थानियहरुले प्रशंसा गरेका छन् ।

बिपन्न तथा गरिब परिवारको हावा पानीको कारण क्षति भएकोमा वडाध्यक्षले दुख प्रकट गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here