जनार्दनको मलिन अनुहार : कूटिल चाल की भावुकता ?

काठमाडौं, १५ साउन । १५ जेठमा चालु आर्थिक वर्ष २०७९\८० को बजेट सार्वजनिक गरेका अर्थमन्त्री जनार्दन शर्माले सम्भवतः पछिल्लो एक महिनामा आफ्नो जीवनकालकै बढी आलोचना भोगे ।

अघिल्लो पटक उर्जा मन्त्री हुँदा लोडसेडिङ हटाउन कुलमान घिसिङसँग काँधमा काँध मिलाएका शर्मालाई अर्थ मन्त्रालयमा भने आलोचनाको घेराले छोडेको थिएन । तर, जब बजेट सार्वजनिक भयो, त्यसपछि करका दरमा अनाधिकृत व्यक्तिको प्रंवेश भएको भन्दै एमालले संसद ततायो ।

विवादले चर्को रुप लिएपछि २२ असारमा शर्माले संसदबाट राजिनामा गरे । सोही दिेन संसदीय विशेष छानविन समिति गठन भयो । समितिले १७ दिन लगाएको गरेको छानविनबाट शर्मामाथि लागेको आरोप पुष्टी भएन ।

त्यसपछि शर्मा अझ बढी शक्तिशाली बनेर मन्त्रालय छिरे । तर, दोस्रो इनिङ थाल्दैगर्दा शर्माको अनुहारमा भने उत्पाह भन्दा बढी निरासा देखियो । मनिल अनुहारमा कर्मचारीको स्वागत ग्रहण गरेका अर्थमन्त्री शर्माले संक्षिप्त मन्तब्य राखे । जहाँ उनले विवादको कुरै निकालेनन् ।

बजेट कार्यान्वयनको अवसर दिएको भन्दै शीर्ष नेतालाई धन्यवाद दिएका उनले गत आवको बजेट कार्यान्वयनको समिक्षा गर्ने रणनीति बताए । साथै उनले यसमा कर्मचारीसँग मिलेर काम गर्ने समेत बताए । यसो भनिरहँदा उनले मुहारमा कतै खुसी झल्काएनन् ।

उनको अनुहारको निरासाले दुई कुराको संकेत गरिरहेको थियो, की उनी कुटिल चाल चल्ने दाउमा छन्, या उनी आफ्नो अनुहारमा झल्किएको भावुकता लुकाउने प्रयास गरिरहेका थिए । ठूलो आलोचनापछि प्राप्त यो अवसरलाई उनले कसरी उपयोग गर्छन, त्यो भने हेर्न बाँकी नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here