जाल्पा लघुवित्तको नाफामा गिरावट, प्रतिसेयर अम्दानी कति ?

काठमाडौं, १६ साउन । जाल्पा लघुवित्त वित्तीय संस्थाको खुद नाफामा झिनो गिरावट आएको छ । लघुवित्तले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८र७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा ४.६७ प्रतिशतले घटेको छ ।

गत आवको असार मसान्तसम्म लघुवित्तले ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८ लाख रुपैयाँ कम हो । अघिल्लो आवमा लघुवित्तले १० करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी बढे पनि सञ्चालन खर्च र कर्मचारी खर्च बढ्दा लघुवित्तको नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३६.२० प्रतिशतले बढेर ३५ करोड ३९ लाख पुगेको छ भने संचालन मुनाफा १.५४ प्रतिशतले घटेर ९ करोड ४६ लाखमा सीमित भएको छ ।

असार मसान्तसम्म लघुवित्तले २ अर्ब ५५ करोड निक्षेप संकलन र १ अर्ब ८९ करोड सापटी लिइ कुल ५ अर्ब ५ करोड कर्जा प्रवाह गरेको छ । हाल १६ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ४७ करोड २६ लाख रुपैयाँ संचित रहेको छ ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी ३४.३४ रुपैयाँले घटेर ६१.६६ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ ३४७.७ रुपैयाँ, खराब कर्जा २.३२ प्रतिशत र मूल्य आम्दानी अनुपात ३७.५९ गुणा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here