एकैदिन ८९५ जनामा कोरोना पुष्टी, २६४ जना संक्रमण मुक्त

काठमाडौं, १६ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३६८५ नमूनाको पीसीआरमा ६३२ र २२२४ नमूनाको एन्टिजेनमा २६३ जना गरी कूल ८९५ जनामा संक्रमण पुष्टी भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८७ हजार २२८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २६४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७० हजार ३२६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४९३४ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९६८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here