मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट सबै यात्रु ओरालियो, शंकास्पद व्यक्ति पक्राउ

काठमाडौं, १८ साउन । काठमाडौंबाट मुम्बईका लागि उड्न लागेको जहाजमा शंकास्पद व्यक्ति चढेको सूचना आएपछि सबैलाई बाहिर निकालिएको छ ।

१४१ जना यात्रु बोकेर बुधवार बिहान १ः१० मा मुम्बई उड्न नेपाल एयरलाइन्सको जहाजबाट सबै यात्रु ओरालिएको हो ।

शंकास्पद व्यक्ति चढेको सूचना आएपछि प्रहरीले जहाज रोकी जाँच गरेको थियो। सूचना आउनसाथ प्रहरीको केन्द्रीय ब्युरो त्रिभुवन विमानस्थल पुगेको थियो ।

अपराधिक गतिविधिमा आवद्ध रहेको कैलाली प्रहरीको सूचनापछि उनलाई केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले नियन्त्रणमा लिएको हो । उनी चोरीको घटनामा जोडिएका व्यक्ति हुन् ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here