भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक व्यवसायीले आवेदन दिनुपर्ने

काठमाडौं, १९ साउन । भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीले आवेदन दिनु पर्ने भएको छ । सरकारले यस्तो आवेदन माग गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २८ साउन भित्र मन्त्रालयमा इमेलमार्फत् निवेदन माग गरेको हो ।

भारतले हाल गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । चिनीको निर्यातमा समेत विशेष स्वीकृति चाहिने भएपछि सरकारले आवेदन माग गरेको हो । उद्योग मन्त्रालयले भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीसँग निवेदन माग गरेको जनाएको छ ।

निवेदन दिंदा चिनी र गुहँका लागि मन्त्रालयको वेबसाइटमा रहेको छुट्टाछुट्टै फारम भर्नुपर्ने भएको छ । निवेदनसँगै उद्योग व्यवसाय दर्ताको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, आयात(निर्यात इजाजतपत्र र क्वारेन्टिन लगायतका इजाजतपत्र नोटरी प्रमाणित गरी पठाउनु पर्ने समेत मन्त्रालयले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here