श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण

फाइलफोटो

काठमाडौं, १९ साउन । श्री एयरलाइन्सको ९ एन(एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ । जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको हो ।

नेपालगञ्जबाट काठमाडौंका लागि उडेकोमा समस्या आएपछी पून नेपालगञ्ज विमानस्थल फर्काइएको हो ।

जहाजमा रहेका चालक दलका सदस्यसहित ७९ जना यात्रु सुरक्षित रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here