वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

यसअघि असार ६ गते सरकारले उनलाई निलम्बन गरेको थियो । निलम्बनमा परेपछि उनी सर्वोच्च अदालत गएका थिए । असार २३ मा अदालतले उनलाई काम फर्किन बाटो खुलाइदिएको थियो । त्यसपछि उनी काममा फर्किएका थिए ।

निगम भित्र अनियमितता गरेको तथा कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेसँगै सरकारले छानविन समिति बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here