अर्बपति क्लबमा उक्लियो गरिमा विकास बैंक, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं, २० साउन । गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरकेो छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा आकर्षक सुधार देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद नाफा २६.३५ प्रतिशतले बढेर १ अर्ब ५ करोड ६६ लख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा ८३ करोड ६३ लाख १७ हजार रुपैयाँमा सिमित रहेको थियो ।

यस अवधिमा बैंकको संचालन नाफा र खुद ब्याज आम्दानीमा सुधार आउँदा खुद नाफा समेत सुधार आएको छ । बैंकको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३१.६७ प्रतिशतले बढेर २ अर्ब ६१ करोड ८ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज १ अर्ब ९८ करोड २८ लाख ७५ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब १८ करोड ७२ लाख ३४ हजार रुपैयाँ संचालन नाफा गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा संचालन नाफा २५.६८ प्रतिशतले बढेर १ अर्ब ४९ करोड २१ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको छ ।

असार मसान्तसम्मको अवधिमा बैंकको वितरणयोग्य नाफा १५.३० प्रतिशतले बढेर ७५ करोड २ लाख ९० हजार रुपैयाँ आर्जृन गरेको छ ।

समिक्षा अवधिमा बैकको चुक्तापूँजी २४.५९ प्रतिशतले बढेर ४ अर्ब ५७ करोड ९८ लाख ९२ हजार रुपैयाँ, जगेडा कोष २२.५० प्रतिशतले बढेर १ अर्ब २८ करोड ३५ लाख ७७ हजार रुपैयाँ, कर्जा प्रवाह १२.८४ प्रतिशतले बढेर ५८ अर्ब ३२ करोड २२ लाख ९० हजार रुपैयाँ आर्जन गरेको छ ।

यस बैंकको प्रतिसेयर आम्दानी पनि ३२ पैसाले बढेर २३ रुपैयाँ ७ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ५७ पैसा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here