मतदाता नामावली संकलन स्थगित, अनलाइन आवेदन दिएकाको औंठाछाप र फोटो लिइने

काठमाडौं, २० साउन । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित भएको छ ।

निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता नामावली संकलन कार्य स्थगति गरेको हो । अनलाइनबाटै मतदाता नामावली संकलन गर्ने काम स्थगित गरेको हो ।

तर अनलाइनबाट मतदाता नामावली संकलनका लागि अनलाइन फारमभरि औंठाछाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूले साउन २१ गतेसम्म औंठाछाप र फोटो लिने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले असार २९ गते अनलाइनबाटै मतदाता नामवली संकलन गर्ने व्यवस्था मिलाएको थियो ।

आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको थियो । चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here