थप ९३४ जनामा कोरोना पुष्टी, ४७० जना संक्रमण मुक्त

काठमाडौं, २३ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ९३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९० हजार ६२५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४७० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७२ हजार ९६७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५६५९ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९७२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here