सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँड, १३ लाख ४६ हजार आवेदकको हात खाली

काठमाडौं, २४ साउन । सयपत्री हाइड्रोपावर लिमिटेडको प्राथमिक साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ । धितोपत्र विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाडौंको लाजिम्पाटस्थित कार्यालयमा आइपीओ बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट ६७ हजार ५८ जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् भने तीमध्ये भाग्यमानी ६ जनाले थप १र१ कित्ताका दरले सेयर पाएका छन् । ।

गोलाप्रथाबाट भाग्यमानी ६७ हजार ५८ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानीमध्ये २० कित्तादेखि ५ हजार कित्तासम्म आवेदन दिने ६ जनाले थप १–१ कित्ता सेयर पाएका छन्।

यो आइपीओमा १३ लाख ४५ हजार ४१० आवेदकबाट हात खाली भएको छ।

कम्पनीले साउन १३ गतेदेखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड २१ लाख ६ हजार रुपैयाँ बराबरको ७ लाख २१ हजार ६० कित्ता सेयर विक्रीमा ल्याएको थियो ।

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको वेबसाइट र सयपत्री हाइड्रोपावरको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here