धौलागिरीको आइपीओमा पहिलो दिनमै मागभन्दा १५.४२ गुणाबढी आवेदन, कतिले भरे ?

काठमाडौं, २४ साउन । धौलागिरी लघुवित्तको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ ।

सीडीएसका पहिलो दिन मंगबार साँझ ५ बजेसम्ममा ४ लाख १६ हजार २१२९ जनाले ४७ लाख ७१ हजार ८३० कित्ताका लागि आवेदन दिएका हुन् ।

यो मागभन्दा १५.४२ गुण बढी आवेदन हो । धौलागिरीले आज (साउन २४ गते) देखि सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो ।

यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

जसमा ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ।

बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघवित्तको आइपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ भने माग बमोजिम आवेदन नपरेमा भदौ ७ गतेसम्म आवेदन समथ थप हुनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आइपीओ निष्कासन तथा विक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत शेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here