प्रहरीका १३१ डीएसपीको सरुवा, उपत्यकाका सबैजसो वृत्तमा फेरिए (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १३१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले आज उनीहरूको सरुवा गरेको हो । कार्यालयले यसअघि काज सरुवा गरिएका डीएसपीलाई सोही स्थानमा थमौती गर्दै बाँकीलाई सरुवा गरेको छ ।

यसअघि विभिन्न चरणमा डीएसपीको काज सरुवा भएको थियो। जसअनुसार काठमाडौं उपत्यकाका सबैजसो वृत्तका डीएसपी र जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार प्रहरी प्रधान कार्यालय जनसम्पर्क उप-शाखामा कार्यरत होमबहादुर थापा नेपाल प्रहरीको प्रधान कार्यालय कार्यविभाग सुरक्षा सेवा व्‍यवस्थापन महाशाखा सुरुवा भएका ।

महानगरीय अपराध महाशाखा टेकु, काठमाडौं स‌गठित साइबर आर्थिक एवं विशेष अपराध शाखामा कार्यरत किरण प्रसाद न्‍यौपानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here