मस्कले बेचे ६.९ अर्ब डलरमा टेस्लाको शेयर, कानूनी लडाईकाबीच ट्विटर किन्नुपर्ने अवस्था आउन सक्ने

काठमाडौं । विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका मुख्य कार्यकारी अधिकारी एलोन मस्कले ६।९ अर्ब अमेरिकी डलर बराबरको शेयर बेचेका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटर किन्ने अवस्था आउन सक्ने बिषयलाई ध्यानमा राख्दै शेयर बेचेको बताइएको छ । मस्कले सामाजिक मिडिया प्लेटफर्म किन्नको लागि आफ्नो अप्रिल २५ को सम्झौता तोडेका थिए ।

जसका कारण उनले कानूनी लडाईको सामना गनुपर्ने भएको छ र मस्कको अर्बौ डलर खर्च हुन सक्ने बताइएको छ । दुवै पक्षले अक्टोबर १७ मा मुद्दाको सामाना गर्दैछन् ।

कानूनी विज्ञहरूले यदि मस्कले ट्विटरको बिरूद्ध आफ्नो लडाई हारे र अधिग्रहण पूरा गर्न वा कडा जरिवाना तिर्न बाध्य भएमा टेस्लाको धेरै शेयरहरू बेच्नुपर्ने अवस्था आउन सक्ने सुझाव दिइरहेका बेला उनले बेचेबो शेयरलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

मंगलबार ट्विट गर्दै मस्कले भनेका छन्,'(आसा छ यो सम्भवत हुने छैन्) तर यदि ट्विटरले यो सम्झौता गर्न बाध्य पार्छ ८ र ८ केही इक्विटी साझेदारहरू आउँदैनन् भने अचानक टेस्लाको सेयर बेच्नुबाट जोगिनु महत्वपूर्ण छ ।’

‘सडकले यो पोकर चालको माध्यमबाट अब ट्विटर सम्झौताको सम्भावना बढी छ भन्ने बुझ्नेछ,’ वेडबश सेक्युरिटीजका विश्लेषक डेन इभ्सले ट्वीट गर्दै भनेका छन् ।

मंगलबार ट्विटरमा अन्य टिप्पणीहरूको जवाफ दिँदै टेस्लाको स्टक बेचेको हो भनेका छन् भने, ट्विटर किन्न नपरेमा टेस्लाको स्टक फेरि किन्ने समेत बताएका छन् ।

पछिल्लो सेयर बिक्रीमा मस्कले अगस्ट ५ र अगस्ट ९ को बीच लगभग ७.९२ मिलियन शेयरहरू बेचेको थियो, बहु फाइलिङहरूले देखाएको छ ।

उनीसँग अहिले टेस्लामा १५५.०४ मिलियन शेयर छ । पछिल्लो बिक्रीले मस्कको कुल स्टक बिक्री एक वर्षभन्दा कमको समयमा लगभग ३२ बिलियन डलर पुगेको छ ।

अटोमेकरले जुलाई २० मा अपेक्षित भन्दा राम्रो आम्दानी रिपोर्ट गरेपछि टेस्लाको सेयर लगभग १५ प्रतिशतले बढेको छ ।

बाइडेन प्रशासनको जलवायु विधेयकले पनि टेस्लालाई सहयोग गरेको छ । किनकी यदि यो विधेयक पारित भएमा विद्युतीय सवारीहरूको लागि क्रेडिट करमा सहज हुनेछ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here