शेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकममा भारी गिरावट

काठमाडौं, २५ साउन । शेयर बजारको आरोलो यात्र कायमै रहेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ५.११ अंकले घटेर २०५७.६८ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २१८ कम्पनीको १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४६ रुपैयाँ बराबरको ४६ लाख ४० हजार८४४ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोवार रकम पनि घटेको छ । मंगलवार २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँ बराबरको कारोवार भएको थियो ।

पछिल्ला तीन कारोबार दिनमै नेप्से ६५ अंकले घटेको छ । मंगलवार ४५.४२ अंकले घटेको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये लगानी र उत्पादनमूलक बाहेक बाँकी सबैको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै १.४९ प्रतिशतले घटेको छ ।

आज हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आज हिमालय एभरेष्ट इन्सोरेन्सको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको हो ।

त्यसैगरी, हिमालयन पावर, गुडविल फाइनान्स, सिद्धार्थ इक्वीटी फण्ड, लक्ष्मी लघुवित्त, कर्णाली डेभपलमेन्ट बैंक, मञ्जुश्री फाइनान्स र रिभर फल्स पावरको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको भएको छ । यसको आज १० करोड ६८ लाख भन्दा बढीको कारोवार भएको छ ।

शिवम् सिमेन्टको ६ करोड ८८ लाख, हिमालय डिस्टिलरीको ६ करोड ७१ लाखको कारोवार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here