बालाजु बाइपासस्थित भएको आगलागी दुई घण्टापछि नियन्त्रणमा, क्षतिको विवरण संकलन हुँदै

काठमाडौं । बालाजु बाइपासस्थित एक जुत्ता कारखानामा भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको छ । वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो दमकलको सहायतामा नियन्त्रणमा लिइएको हो ।

काठमाडौं, ललितपुर महानगरपालिका, भक्तपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सातवटा दमकलको प्रयासले आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत खटिएका थिए । आगलागी नियन्त्रण गर्नका लागि दुई टहरा भत्काइएको छ । एउटा टहरामा जुत्ता कारखाना र अर्को टहरामा क्राउड ट्रेडिङ एन्ड लेमिनेसनको पसल थियो ।

आगलागीको कारण खुल्न नसकेको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here