प्राधिकरणमा कुलमानको सुधार : एक वर्षमा कमायो १६ अर्ब ९ करोड मुनाफा

काठमाडौं, २५ साउन । नेपाल विद्युत प्राधिकरणले एक वर्षमा १६ अर्ब ९ करोड रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । बुधबार प्राधिकरणले आर्थिक वर्ष २०७८–७९ को अपरिस्कृत तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार संस्थाको वार्षिक नाफा १६४ प्रतिशतले बढेको पाइएको छ ।

आव २०७७–७८ मा ६ अर्ब १० करोड मात्र खुद नाफा कमाएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढेको जानकारी गराए । उनका अनुसार विद्युत निर्यात बढ्नु, प्राधिकरण स्वामित्वका विद्युत गृहहरूबाट विद्युत उत्पादन १६ प्रतिशतले बढ्नुले पनि नाफा वृद्धि भएको छ ।

प्राधिकरणले आव २०७२–०७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछि भने निरन्तर नाफामा गएको हो । त्यसयता कुलमानले प्राधिकरणलाई नेतृत्व गरिरहेका छन् ।
प्राधिकरणले विद्युत बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ। विद्युत महसुल संकलन विनियमावली बमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिइएको छ। यसबाट विद्युत बिक्रीबाट ८७ अर्ब खुद आम्दानी भएको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो। विद्युत चुहावट १५.३८ प्रतिशतमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here