घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फाइलफोटो

काठमाडौं, २६ साउन । सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला मूल्य ९६ हजार छ सयमा झरेको हो । बुधबार सुनको मूल्य ९७ हजार एक सय कायम थियो ।

त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला बिहीबार ९६ हजार एक सय तोकिएको छ । यो साता छापावाला सुनको मूल्य सबैभन्दा कम ९६ हजार एक सयमा झरेको थियो । त्यसै गरी चाँदीको मूल्य प्रतितोला एक हजार २२५ पुगेको छ । बुधबारको तुलनामा चाँदी पाँच रुपियाँले घटेको महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here