बुद्ध एयरको रक्षा बन्धन अफर : दाजुभाइका लागि सामान पठाउँदा ५० प्रतिशत छुट

काठमाडौं। निजी वायुसेवा प्रदायक बुद्ध एयरले जनैपूर्णिमा एवं रक्षाबन्धनलाई लक्षित गर्दै आकर्षक योजना ल्याएको छ।

यस योजना अन्तर्गत दिदीबहिनीले दाजुभाइलाई सामान पठाउँदा कार्गोमा ५० प्रतिशत छुट पाइने बुद्ध एयरले जनाएको छ।

यो योजनामार्फत दिदी बहिनी र दाजुभाइबीच आदानप्रदान हुने उपहार छिटो र सहजै पठाउन सकिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ५ केजीसम्म सामान पठाउँदा ५० प्रतिशत छुट पाइने छ । यो योजना साउन २५ देखि २७ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।