अग्नी ग्रूप ओखलढुंगामा, महिन्द्राको शोरुम र सर्भिस सेण्टर शुरु

क्लाउडपत्रिका
काठमाडौं, २८, माघ । अग्नि ग्रुपले ओखलढुंगामा महिन्द्रा गाडिको शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित रुम्जाटार अटो मोबाइल्सले ओखलढुंगा तथा आसपासका क्षेत्रहरुमा सेवा प्रदान गर्ने छ । अग्नी महिन्द्रा गाडिको नेपाल वितरक हो ।

कम्पनीका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र प्रदेश नं १ का सभासद अम्बिरबाबु गुरुङले संयुक्तरुपमा शोरुम उद्घाटन गरे ।

हालै स्थापना गरिएको रुम्जाटार अटोमोबाइल्सबाट जेन्यून पार्टस् पाइनुका साथै विक्री एवं विक्री पछिको सेवा प्रदान गरिने शोरुमका प्रबन्ध निर्देशक श्री राज घलेले बताए ।

स्थापना गरिएको शोरुमबाट आफ्ना सम्पूर्ण रेन्जका फोर ह्वील सवारी, सर्भिसिङ तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

केवल सवारी बिक्रीतर्फ मात्र केन्द्रित नभई कम्पनीले ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्द्र्रित गरेको श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here