अठार नम्वर पिल्लर बस्तीमा जैविक तटबन्ध निर्माण सम्पन्न, स्थानीयमा खुशीयाली

पप्पु गुरुङ्ग

दोधारा,२८ साउन । अठार नम्वर पिल्लर बस्तीमा जैविक तटबन्धको निर्माण कार्य सम्पन्न भएको छ ।

दोधारा चाँदनी नगरपालिका वडा नं. १० को जगबुडा नदीको पारिको बस्ती अठार नम्वर पिल्लर बस्तीमा जैविक तटबन्ध निमार्ण कार्य सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

अठार नम्वर पिल्लर बस्तीको पश्चिम–दक्षिण भएर बग्ने जगबुडा नदीले बर्सेनी ठूलो धनजनको क्षति गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिकाको दक्षिण–पश्चिम तर्फ भएर बग्ने जगबुडा नदीले तटिय क्षेत्रका बस्तीमा धनजनको क्षति गर्नुका साथै खेती योग्य जमिन कटान गर्दै आएको छ ।

जगबुडा नदीले वर्षा संग हिउदमा समेत जग्गा कटानी गर्न थालेपछि अठार नम्वर पिल्लर बस्तीका स्थानीय किसानहरुमा पीडा थप्दै आएको छ् । जगबुडा नदीको कारण अठार नम्वर पिल्लर बस्ती बिस्तापितको संघारमा रहेको छ ।

अठार नम्वर पिल्लर बस्तीलाई जोगाउन डिसीए नेपालको आर्थिक सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजना अन्तर्गत जैविक तटबन्धको निमार्ण कार्य सम्पन्न भएको र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् ।

‘खेतीयोग्य जग्गा कटानी संगै अठार नम्वर पिल्लर बसती जोगाउनको निम्ती हामीले जैविक तटबन्ध निमार्ण कार्य अघि बढाएका थियौ’ नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले भने ।

डिसीए नेपालको आर्थिक सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाको रु. ४ लाख ५० हजारको लागत तथा स्थानियहरुको श्रमदानबाट एक सय ५० मिटर जैविक तटबन्धको निमार्ण कार्य सम्पन्न गरिएको हो ।

बिगत लामो समय देखि जगबुडा नदीले वर्षात तथा हिउदै दुबै याममा जग्गा कटानी गर्दै आउने समस्या हल भएको स्थानियहरुले बताएका छन् । जगबुडा नदीको पारिको गाँउ भारत संग जोडिएको दुर्गम बस्ती भने चिनिने अठार नम्वर पिल्लर बस्तीमा जैविक तटबन्ध निमार्ण भए संगै जग्गा कटानी रोकिने स्थानियबासी माया देबी सुनारले बिश्वास गरेका छन् ।

‘डिसीए नेपालको आर्थिक सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजना अन्तर्गत जैविक तटबन्धको निमार्ण भए पछि जग्गा कटानीको समस्या हल भएको छ्’ माया देबी सुनारले भने ।

बिगत लामो समय देखी जगबुडा नदीले कटानी गर्दै बस्तीनै बिस्तापितको संघारमा पुगेको अठार नम्वर पिल्लर बस्तीमा जैविक तटबन्ध निमार्ण भए संगै बस्तीमा खुशी छाएको स्थानियबासी ओंम भाटले बताएका छन् ।

महाकाली नदीमा आएको तीव्र गतीको पानीको बहवाले जगबुडा नदीको पानीको बहावलाई रोकिदिएपछि जगबुडा नदीको पानी ओभरफ्लो भएर अठार नम्वर पिल्लर बस्तीमा पस्ने गर्छ् । वर्षातामा बस्तीमा पानी पसेपछि उनिहरु बिस्तापित हुने गर्छन् । पानीको बहाव कम भए संगै प्रायः स्थानीयवासी घरमा फर्किने गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here