प्रदेश र प्रतिनिधिसभाको निर्वाचन खर्च १० अर्ब

File

काठमाडौं, २९ साउन । आगामी निर्वाचनमा निर्वाचन आयोगका तर्फबाट करीव १० अर्ब रुपैयाँ खर्च हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यसबारे जानकारी गराएका हुन् ।

निर्वाचन आयोगले आइतबार सम्पादकहरुसँग निर्वाचनको तयारीबारे जानकारी दिन अन्तरक्रिया गरेको छ । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले अनुमानित १० अर्ब खर्च हुने जानकारी गराए । यो खर्च सुरक्षा निकायबाट हुने खर्च भन्दा बाहेक हो ।

निर्वाचन एकै पटक गर्दा खर्च कटौती हुन्छ । सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने गरी निर्णय गरेको छ । सोही अनुसार आयोग तयारीमा जुटेको हो । आगामी निर्वाचनमा १ करोड ८२ लाख मतदाता भोट हाल्न योग्य बनेका छन् ।

देशभर करिब १० लाख ८२५ मतदान स्थल र मतदान केन्द्र (अस्थायी बाहेक) करिब २२ हजार ५०० रहने छन् । आयोगले निर्वाचनमा निजामती कर्मचारी र शिक्षकलाई अधिकतम परिचालन गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here