‘बीमा विद्येयक २०७९’ बहुमतले पारित, राष्ट्रपतिले लालमोहर लगाएपछि ऐनको रुपमा लागू हुने

फाइलफोटो

काठमाडौं । ‘बीमा विद्येयक २०७९’ प्रतिनिधिसभाबाट पारित भएको छ । संसद्मा ४ वर्षअघि दर्ता गरिएको उक्त विधेयक आइतबार प्रतिनिधसभाको बैंठकले बहुमतले पारित गरेको हो ।

उक्त विधेयक अब सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइनेछ । राष्ट्रपतिले विधेयकमा लालमोहर लगाएपछि बीमा विधेयक ऐनको रुपमा लागू हुनेछ ।

उक्त विधेयक यसअघि अर्थ समिति, राष्ट्रियसभा र प्रतिनिधिसभामा दफाबार छलफल भएको थियो ।

बीमा विधेयकमा अधिकारसम्पन्न बीमा प्राधिकरण बन्ने व्यवस्था गरिएको छ । उक्त प्राधिकरण स्वायत्त रहने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

विधेयकमार्फत प्राधिकरणले तोकेको चुक्ता पूँजी बीमा कम्पनीहरूले नपुर्याए कम्पनीको लाइसेन्स जफत गर्न सक्ने अधिकार पनि दिइएको छ । यस्तै, सो विधेयकमा बीमा ब्रोकरको पनि परिकल्पना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here