थप ४५५ जनामा कोरोना संक्रमण पुष्टी, २ जनाको निधन

काठमाडौं, २९ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३०८ जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २५२१ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९३ हजार ३२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३०२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७५ हजार ६०९पुगेको छ । सक्रिय संक्रमितको संख्या ५७७५ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९८८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here