दोधारा चाँदनीमा जंगली हात्तीको उपद्रो

पप्पु गुरुङ्ग

दोधारा, २९ साउन । दोधारा चाँदनी नगरपालिकाको बडवाल टोलमा जंगली हात्तीको बथानले फेरी उपद्रो मच्चाउन थालेको छ ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जगबुडा नदीको पारि भारत संग जोडिएको सिमा बस्ती बडवाल टोलमा फेरि जंगली हात्तीको बथानले उपद्रो मच्चाउन थालेको छ् ।

गएराती एक दर्जन भन्दा हात्तीको बथानले बडवाल टोल आसपास बस्तीमा आतंक मच्चाएको स्थानियहरुले बताएका छन् । स्थानियहरुले ज्यान बचाउन भागाभाग गरेको बताएका छन् । बच्चा सहित हात्तीको बथानले दर्जनौं स्थानियहरुको धान, मकै र चरी खेती नष्ट गरेको स्थानियबासी लक्ष्मी रानाले बताएकी छिन् ।

हात्ती धपाउन स्थानियहरुले थाली बजाउने, हल्ला मच्चाउने, आगो बाल्ने गरेको बताएका छन् । जंगली हात्तीले बस्तीमा आतंक मच्चाउन थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई स्थानीयहरुले गुहार लगाएका थिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टोली रातीनै बडवाल टोल पुगको थियो । गएराती १३ वटा हात्ती बस्तीमा पसेको स्थानीयबासी लक्ष्मी रानाले बताइन् । ‘राती करिब ८ बजे बस्तीमा भारतिय जंगलबाट आएको हात्तीले खेतवाली नष्ट गर्न थाल्यो’ लक्ष्मी रानाले भनिन् ।

उनका अनुसार झण्डै ३ बजेपछि मात्रै हात्ती जंगल फर्केको बताए । बडवाल टोल भारतिय जंगल संग जोडिएको सीमा बस्ती हो । बिगत लामो समय देखि खेतीको समयमा हात्तीको बथान बस्तीमा पसेर खेतवाली नष्ट गर्ने, घरहरु भत्काईदिने गर्दै आएको छ् ।

२०५५ सालमा दोधारा चाँदनी नगरपालिकालाई मध्यवर्ती क्षेत्र घोषणा गर्दा जीउ धनको सुरक्षा संगै खेती बालीको सुरक्षा हुने स्थानीयको आशा थियो ।

वन्यजन्तु संरक्षण संगै आय–आर्जन कार्यक्रमले गाँउ खुशी हुनेमा सर्वसाधारण विश्वस्त थिए । मध्यवर्ती क्षेत्र घोषणा गरेको दशक बित्न लाग्दा पनि बन्यजन्तुले दिएको पीडा घट्नुको साटो बढ्दै गएको छ् ।

स्थानीयको सुरक्षाका लागि सरकारले गर्नु पर्ने व्यवस्था नगर्दा उनीहरु दुखी छन् । स्थानीय पशुपती चन्द भन्छन् ‘बडवाल टोलमा जंगली हाक्तीको आत्रमण त्रास संगै खेतीपाती नोक्सानी रोकिएको छैन् ।’

उनका अनुसार गएराती हात्तीको बथान बस्तीमा भित्रिदा बस्तीको स्थानियहरु रातभरी सुत्न नपाएको बताए । ‘रातभरी खेतीवालीमा बथानमा आएको हात्तीले सखाफ गर्न थाल्यो’ पशुपती चन्दले भनिन् ।

स्थानीयवासी अनुसार गएराती बडवाल टोलका देवकी भण्डारी, पशुपती चन्द, मनोज चन्द, लक्ष्मी राना, प्रेम कामी लगाएत एक दर्जन भन्दा बढी किसानहरुको धान, मकै र चरी जंगली हात्तीले नष्ट गरेको छ् ।

हात्ती बस्तीमा पसेर खेतीवाली खान थालेपछि स्थानीयहरुमा ज्यान जोगाउन हम्मे–हम्मे परेको स्थानियबासी बीर भण्डारीले बताएका छन् । ‘गएराती हात्तीको बथान बस्तीमा पसेर आतंक मच्चाउन थालेपछि रातभरी सुत्न पाएका छैनौं’ बिर भण्डारीले भने– ‘खेती हरियो हुन थाल्यो, हात्तीको आतंक फेरी सुरु हुन्छ् ।’

भारतीय जंगल संग जोडिएको बस्ती बडवाल टोलमा जंगली हात्तीको त्रासमा रात बिताउनु पर्ने उनिहरुमा बाध्यता रहेको छ् । ‘अरु काम छाडेर रातीको समयमा जंगली हात्तीबाट कसरी बाच्ने भन्ने उपाय खोज्नु परेको छ्’ भण्डारीले भने ।

सरकारले बन्यजन्तु संरक्षण गरेर विकास ल्याएको भए पनि विनाश र क्षति न्यूनीकरणको पक्षमा मौन बसेको स्थानीयको गुनासो छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here