फेसबुक लभले अलपत्र: माया बसेको प्रेमीका घरमा श्रीमती र छोरा-छोरी भेटेपछि…

संकेतिक तस्विर

पप्पु गुरुङ्ग

दोधारा । सामाजिक संजाल फेसबुकमा माया गरेर एक किशोरी दोधारा चाँदनीमा अलपत्र परेकी छिन् ।

दैलेख घर भएका अन्दाजी २२ वर्षकी सपना बिष्ट (नाम परिवर्तन गरिएको) ले दोधारा चाँदनी नगरपालिका वडा नं. ९ बस्ने अन्दाजी ४४ का रतन बिष्टसंग सामाजिक संजाल फेसबुकमा माया बस्यो । सपना निमाबि तहको अध्यापन अनुमती पत्रको परिक्षा दिन गएको बेला रतन शनिवार नेपालगञ्जमा पुगे ।

शनिवार परिक्षा दिएर सपना फेसबुकमा माया गरेका रतन बिष्टलाई फोन सम्पर्क भयो । सामाजिक संजाल र फोनमा दिनदिनै सम्पर्कमा बस्दै आएका रतन बिष्ट सपनालाई भेट्न नेपालगञ्जमै पुगे । आफुलाई भारतीय सेनामा कार्यरत गोरखा सैंनिक भन्दै आएका रतनलाई नेपालगञ्जमा भेटेपछि सपनाको सपनानै भयो ।

आफूले विगत एक वर्ष देखि सामाजिक संजाल र फोनमा माया गर्दै आएको युवक अपांगता भएका व्यक्ति रहेको थाहा पाएपछि उनको होसनै गुम्यो ।

उनले माया गर्दै आएको युवकको जुनपरिकल्पना गर्दै आएका थिए, त्यो नभईदिएपछि सपनालाई आफ्नो जिवनमा ठूलै आँधी आए सरह भएको बताउँछन् । ‘पहिलो माया हो, भनेर चित्त बुझाए’ सपनाले भनिन् । माया गरेको मान्छे संग बिहे गर्छु भनेर उनि दुबै जना दोधारा चाँदनी आएको सपनाले बताईन् ।

घर आउदा सपनालाई अर्को ठूलो झट्का लाग्यो । रतन बिष्टको घरमा श्रीमती र २ छोरा देखेपछि सपनालाई हुनै सम्म पिर पर्यो । उनि भन्छिन्– ‘आफु भारतीय सेनामा कार्यरत गोर्खा सैनिकको जवान भनेर मलाई झुटो बोल्या, अनि अबिवाहित भन्यो, अपांग भएको पनि कहिल्यै भनिन् ।’

आफूलाई झुटो बोलेर प्रेम जालमा फसाएर दोधारा चाँदनी नगरपालिका सम्म ल्याएर अलपत्रै पारेको भन्दै सपनाले जनप्रतिनिधी, माईती नेपाल, नेपाल प्रहरी, अधिकारकर्मीलाई गुहार लगाएको बताएकी छिन् ।

बिहानै नेपाल प्रहरी, माईती नेपाल कञ्नपुरको टोली तथा अधिकारकर्मीहरुले उनलाई उद्धार गरेका थिए । माईती नेपाल कञ्चनपुर अन्तर्गत दोधारा चाँदनी नगरपालिकामा गठित सुरक्षित संजालका संयोजक खिमा चन्दले सपनालाई सामाजिक संजालमा झुटो प्रेम गरेर बिहे गर्छु भनि ल्याएको पाईएको बताएकी छिन् ।

‘सपना अलपत्रै परेको अवस्थामा हामीले उद्धार गरेका हौ’ खिमा चन्दले भनिन्– ‘सपनालाई माईती नेपाल कञ्चनपुरको आबधिक गृहमा पठाएका छौं, उनको परिवारजन जानकारी दिएका छौं ।’

रतन बिष्टलाई प्रहरी नियन्त्रणमा लिएर सपनालाई माईती नेपाल कञ्चनपुरको जिम्मा दिईएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका बरिष्ठ सई महेन्द्र सिंह थापाले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here