पुनर्विचार गर्न आवश्यक भन्दै राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

काठमाडौं, २९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् ।

भण्डारीले आइतवार साँझ विज्ञप्ति निकाल्दै नागिरकता विधेयक पुनर्विचारका लागि संसदमा फिर्ता पठाएकी छन्। संघीय संसदका दुवै सदनले पारित गरेर गत साता विधेयक राष्ट्रपतिकहाँ पठाइएको थियो ।

“नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकाले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको छ,” विज्ञप्तिमा भनिएको छ ।

संविधानको धारा ११३ को उपधारा (३) मा प्रमाणीकरणका लागि पेस भएको अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार हुन आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेस भएको १५ दिनभित्र सन्देशसहित सदनमा फिर्ता पठाउन सक्ने व्यवस्था छ ।

संवैधानिक व्यवस्था अनुसार अब नागरिकता विधेयकमाथि दुवै सदनले पुनर्विचार (संशोधन) गरेर वा नगरेर फेरि पेस गरेमा राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।

विज्ञप्तिसहित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here