नेपाल टेलिकमको खुद नाफा १७.५४ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी ४६.५६ रुपैयाँ

काठमाडौं, ३० साउन । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १७.५४ प्रतिशतले बढेको छ ।

कम्पनीको खुद मुनाफा नाफा १७।५४ प्रतिशतले बढेर ८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ७ अर्ब १२ करोड ९४ लाख रुपैयाँमा सिमित थियो।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब २६ करोड रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी बढेसँगै नाफामा सुधार आएको हो । समीक्षा अवधिमा कम्पनीको आम्दानी ५.४४ प्रतिशत बढेर ३३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, अन्य आम्दानी २.५१ प्रतिशत बढेर ६ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

हाल १८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ७७ अर्ब ६ करोड रुपैयाँ सञ्चित छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने केही घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९७ पैसा घटेर ४६.५६ रुपैयाँमा झरेको छ ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५२८.१३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.८८ गुणा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here