बञ्चरेडाँडामा फोहोर फाल्न फेरि अवरोध, सत्तारुढ दलकै अवरोधले रोकिए गाडी

फाइलफोटो

काठमाडौं, ३० साउन । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडा जान लागेका गाडी बाटोमै रोकिएका छन्।

सत्तारुढ दल नेकपा माओवादी, नेपाली कांग्रेस र एकीकृत समाजवादीका स्थानीय नेताहरूको अवरोधका कारण फोहोरका गाडी रोकिएका हुन् । अवरोधकैबीच आइतबार जम्मा २५ गाडी ल्याण्डफिल साइटमा पुगेका थिए ।

आइतबार तीन राजनीतिक दलले संयुक्त रूपमा विज्ञप्ति जारी गरी आजबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न जाने गाडी रोक्ने घोषणा गरेका थिए ।

आइतबार सत्तारुढ गठबन्धनका दलहरु नेपाली कांग्रेसका धुनिवेशी नगरपालिकाका सभापति पूर्ण तामाङ, माओवादी केन्द्रका नगर अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकाल्दै यस्तो घोषणा गरेका थिए ।

१७ वर्षदेखि काठमाडौं महानगरलगायत अन्य धेरै नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सीमाना सिसडोल र पछिल्लो समय बन्चरेडाँडामा अव्यवस्थित तरिकाले फाल्दै आएको भन्दै उनीहरूले आक्रोश पोखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here