मुद्दती निक्षेपको ब्याजदर भदौमा पनि यथावत् राख्ने बैंकर्स संघको निर्णय, अब संस्थागतको घट्ने

काठमाडौं, ३० साउन । वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर फागुनदेखि यथावत राखेका छन् । नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले भदौमा पनि निक्षेपको ब्याजदर नबढाउने सहमति भएको जनाएको हो ।

राष्ट्र बैंकले मौद्रिक नीति कार्यन्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्था गरेको थियो ।

विगत पाँच महिनादेखि कायम रहेको ११.०३ प्रतिशत ब्याजदर भदौ महिनामा पनि कायम रहने भएको छ । बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याजदर नबढाउने सहमति भएको छ ।

संस्थागत मुद्धतीमा भने राष्ट्र बैंकले तोकेअनुसार नै व्यक्तिगतमा भन्दा २ प्रतिशत कम अर्थात् ९.०३ प्रतिशत ब्याजदर कायम हुनेछ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी महिनादेखि बैंकको ब्याजदार बनाउनु पर्ने बताउँदै आएका छन् । तर बैंकर्स संघले भने ब्याजदर नबढाउने निर्णय गरेको हो ।

अहिले निक्षेपतर्फ व्यक्तिगत मुद्दतीमा ११.०३ प्रतिशत, बचतमा न्यूनतम ६.०३ प्रतिशत र रेमिट्यान्स खातामा १२.०३ प्रतिशत ब्याज दिइरहेका छन् ।

व्यक्तिगत निक्षेपको ब्याज नबढाएका बैंकहरूले संस्थागत निक्षेपको ब्याजदर भने घटाउने भएका छन् । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार मुद्दती निक्षेपको भन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर २ प्रतिशत कम हुनुर्छ । सोही अनुसार अब संस्थागत निक्षेपको ब्याजदर घटाएर ९.०३ प्रतिशतमा झर्ने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here