उच्च अंकले बढ्यो नेप्से, लगानीकर्ता फाइनान्स र विकास बैंकतर्फ आकर्षित

काठमाडौं, ३० साउन । साताको कारोबारको दोस्रोदिन शेयर बजार उच्च अंकले बढेको छ । सोमवार शेयर बजार मापक सूचक (नेप्से) ५५.८८ अंकले बढेर २०६५.८९ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २१५ कम्पनीको २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँ बराबरको ६० लाख २६ हजार १९२ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा हरियाली छाएको छ । आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ७.५४ प्रतिशतले बढेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । आइतवार १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

उच्च अंकले बढेको बजारमा आज ८ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । श्री इन्भेष्टमेन्द, मल्टीपर्पस फाइनान्स र राधी विद्युत् कम्पनीक शेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, रिभर फल्स पावर, पञ्चकन्या माइ हाइड्रोपावर, अपर हेवाखोला, राष्ट्र उत्थान लघुवित्त, हिमालयन ऊर्जा कम्पनी र सेन्टर फाइनान्सका शेयर मूल्य करिब १० प्रतिशतको हाराहारीले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ साढे १२ करोड र हिमालयन डिस्ट्रीलरी ९ करोड बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here