राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३० औ वार्षिकोत्सव

काठमाडौं, ६ साउन । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३० औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं नेकपा का केन्द्रीय सदस्य माननीय भानुभक्त ढकालले एक ३० औं वार्षिकोत्सब मुल कार्यक्र्रमको उदघाटन गरे । सो अवसरमा मन्त्री ढकालले कर्मचारीहरुको भावनालाई सङकुचित नहुने गरी कानून बनाइने र सरकारले ट्रेड यूनियनको माथि कुनै किसिमको प्रतिबन्ध नलगाउने बताए ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष हेमराज सुेवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष सुवेदीले सस्थाको सम्बद्र्धन र पेसागत हकहित नै कर्मचारी संघको मूख्य उद्धेश्य रहेको बताए ।

कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेलले श्रमिकको जीवनमा सामाजिक सुरक्षा योजना सरकारको राम्रो कार्य भएको बताए । कार्यक्रममा पेशागत हक, हित तथा सस्थाको सम्बद्र्धनका बिषयमा ब्यापक रुपमा विषयहरु उठान गरिएको थियो ।

३० औं वर्षिकोत्सव अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८३ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए ।

त्यस्तै निसहाय सेवा सदन, बानेश्वरमा बृद्धबृद्धालाई भोजन खुवाइएको थियो भने रावा बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा परिसरमा मन्त्री ढकालबाट वृक्षारोपण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here