रोकिएन निक्षेप घट्ने क्रम, चार हप्तामा १ खर्ब २२ अर्ब रुपैयाँ बाहिरियो

काठमाडौं ३० साउन । पछिल्लो समय वाणिज्य बैंकहरुमा निक्षेप घट्ने क्रम जारी रहेको छ । असार मसान्तदेखि यता बैंकहरुको निक्षेप १ खर्ब २१ अर्ब रुपैयाँले घटेको छ । कर्जा लगानी भने बढेको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो एक सातामा बैंकहरूमा २६ अर्ब रुपैयाँ निक्षेप घट्दा कर्जा लगानी भने ९ अर्ब रुपैयाँले बढेको हो ।

तथ्यांक अनुसार, साउन लागेको पहिलो साता नै निक्षेप ६४ अर्बले हराएको थियो। दोस्रो साता थप २८ अर्ब, तेस्रो सातामा ४ अर्ब र चौंथो सातामा थप २६ अर्ब रुपैयाँले निक्षेप हराएको छ।

असार मसान्तसम्ममा वाणिज्य बैंकहरूमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेकोमा साउन मसान्तमा भने सो रकम घटेर हाल ४४ खर्ब २१ अर्ब रुपैयाँ कायम भएको छ ।

त्यस्तै, पछिल्लो एक सातामा बैंकहरूले कर्जा लगानी ९ अर्ब रुपैयाँले बढाएको देखिन्छ । साउन २० गते ४१ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको बैंकहरूले साउन २० गतेसम्म सो रकम बढाएर ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुर्याएको हो ।

यो रकम असार मसान्तको तुलनामा भने स्थीर हो । अघिल्लो साता ८७.६९ प्रतिशत रहेको उक्त रेसियो यो साता बढेर ८८.३५ प्रतिशत पुगेको बैंकर्स संघले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here